बाल अधिकार

 



बाल शोषण गर्नेलाई गरौं सबैले खबरदार

आवाज उठाई सुनिश्चित गरौं बाल अधिकार ।

काचो माटो जस्तै त हुन नि साना बालकहरू 

जन्मसिद्ध पाउनुपर्छ आफ्ना अधिकारहरु ।।


कोही सडकमा बोरा बोक्ने कोहीका हातमा आसी

फरक नपर्ला बाल श्रम गराउनेलाई दिए पनि फाँसी ।

पढ्न लेख्न पाउनुपर्छ सडक बालकले पनि 

भविष्यका कर्णधार बालवालिका नै त हो नि ।।


गरीब अनि सडक बालकलाई पनि दिलाउ अधिकार

नगरौँ कसैले कदापि पनि बाल जीवन धिक्कार ।

प्रत्यक वर्ष भाद्र २९ बालकको मुख्य चाड

बालवालिकाको भविष्यमाथि नगर्नु खेलवाड ।।


कुलत अनि खराब बनिको भित्रैबाट गरी निकास

मनोवैज्ञानिक वातावरणले हुन्छ बाल विकास ।

बालबालिकालाई पनि आवश्यक कर्यक्रम चाइन्छ 

साना छौँ नि तिमीहरू भनी चुप बस्न कहा पाइन्छ ।।


इन्जिनियर, डाक्टर , शिक्षक, मन्त्री भविष्यका

बालवालिका नै हुन् है राष्ट्रसेवक भोलिका ।

देशका सबै ठाउँमा पुगी गरौँ बाल क्लब गठन

जग बलियो भए मात्रै बलियो हुन्छ भवन ।।


  © रश्मी गौतम

      पोखरा ३०

Comments