आज माघ शुक्ल त्रयोदशी, हजुरबुवाले छोडेर गएको पनि एक वर्ष पुगिसकेछ। वार्षिकीको काम सम्पन्न पश्चात हामी सबैजना लाखबत्ती ताप्दै पुराना यादहरू स्मरण गर्दै बसिरहेका थियौँ। हजुरबुवासँग बिताएका पलहरू, हजुरबुवाले दिनुभएको ज्ञान, उपदेश, माया,ममता सबै मानस पटलमा झलझली आइरहेको छ। हजुरबा बिनाको यो घर एकदमै शून्य शून्य महसुस भइरहेको छ। जन्मे पछाडि एक दिन मर्नु नै पर्ने संसारको रित नै यस्तै रहेछ। तर पनि परिवारको खम्बा जेष्ठ सदस्य गुमाउनु पर्दाको पीडा निकै पीडादायक हुँदोरहेछ। वैज्ञानिक चमत्कारले कुनै एक दिन मरेको मान्छे बिउँताउन सक्ने औषधि बनाउने हो भने हजुरबुवालाई फेरि पनि जीवित बनाएर हजुरबुवासँगै समय बिताउने मन छ।
जलिरहेको लाखबत्ती हेर्दै जाँदा मन पनि त्यस्तै जलिरहेको थियो। आखिर मन बुझाउन बाहेक अरु के नै सकिँदो रहेछ र। मरेर जाने चोला जिन्दगीमा जे छ त्यसैमा सन्तुष्ट हुन सक्नुपर्दो रहेछ। सबैजनासँग हाँसीखुसी समय बिताउन जसले सक्यो उही नै जीवनमा खुसी र सुखी हुन सक्दो रहेछ।

अल्छ्याई नलिनु उभी नरहनु
निन्द्रा न धेरै लिनु
कोही देखि नडराउनु
रिस कतै कहिल्यै नउठ्ने हुनु।
धन्दा झटपट छिन्नु
फुर्ति रहनु
जुम्सोपना छोड्दिनु
विद्यामा धनमा पुरा हुन परे यो बानी हरदम लिनु।।
हजुरबा म सानी हुँदा हजुरले सुनाएका ती सन्देशले भरिपूर्ण त्यो मिठो लयमा सुनाएको श्लोक अझै पनि मानसपटलमा झलझली आइरहन्छ। मैले जीवनमा खासै ठूलो उपलब्धि त गर्न सकेको छैन होला तर जति संस्कार पाएकै छु जति उपलब्धि हासिल गरेकी छु त्यो सबै हजुरले दिएको ज्ञान,अर्ति उपदेशकै कारणले हो। म हजुरको जेठो छोराकि जेठी नातिनी आफ्ना साना भाइबहिनीहरूलाई पनि हजुरले दिएकै यिनै अर्ती उपदेश दिँदै सँग सँगै अघि बढ्ने प्रण गर्दछु।
संयुक्त परिवारमा हुर्किन पाएकी म,हजुरबा,आमा अङ्कल,आन्टी,दिदी,भिनाजु सबैको सबैभन्दा धेरै माया र साथ म आफैले पाएकी छु जस्तो लाग्दछ। आजकल सानो परिवारमा हुर्कने साना बालबालिकाहरुले कहाँ त्यस्तो अवसर पाउने? हजुरबुवा भनेको के हो?उहाँको मायामा ममता कस्तो हुन्छ भन्ने सायदै धेरैले महसुस गर्न पाएकै छैनन् होला। त्यसैले म आफूलाई एक भाग्यमानी नातिनी हुँ भन्न पछि पर्दिन।
हाम्रो गाउँमा हुँदा पहिलेदेखि नै राम्रै चल्दै आएको किराना पसल थियो। हामी केटाकेटी दिदीबहिनी पसलमा चकलेट खान एकदमै मन पराउने गर्दथ्यौ। एकदिनको कुरा हो हामीले किताबमा भएको पैसा काटेर हजुरलाई झुक्याएर चकलेट चाउचाउ खाएका थियौँ। हामी हजुरबाले त थाहा पाउनु भएन भने मख्ख परेका थियौ।
हजुरबा हजुरलाई किन थाहा हुँदैन थियो र! नाति नातिनाको खुसीको लागि हजुरले थाहा भएर पनि थाहा नपाएजस्तो गरिदिनु भएको थियो भन्ने मैले धेरै पछि आएर बुझेकी थिए। आफ्ना सन्तानहरूको खुसीको लागि अभिभावकहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि पछि पर्नुहुन्न भन्ने आफू अभिभावक भएपछि मात्र बुझेकी थिए मैले।
हजुरबा हजुरलाई तास खेल्न साह्रै नै मनपर्थ्यो। हामी हजुरले खेलेर पुरानो भएका तासहरू सङ्गालेर कहिले हजुरको मनपर्ने त्यो दरमारा, कहिले फरास किट्टी त कहिले जुट पट्टी खेल्दै रमाइलो गर्थ्यौ। कति रमाइला थिए हजुरबुवा पहिलाका ती दिन।
अहिलेका नातिनातिनाहरू आफ्नो हजुरबुवासँग सँगै तास खेल्नु त के चौबिसै घण्टा मोबाइल र ल्यापटपमा नै झुन्डिएर बसेका हुन्छन्। पारिवारिक माया ममता त धेरै कमजोर कमजोर बन्दै गएको छ।
हजुरबुवा हाम्रो जीवनमा हजुरको अभाव सधैँ खड्किरहने छ। जुन अभाव कुनै बहुमूल्य वस्तुले पूरा गर्न सक्दैन होला। तर हजुरबुवा हजुरको आशीर्वाद हाम्रो जीवनमा सधैं रहनेछ भन्ने विश्वास रहेको छ। हजुरबा हजुर जहाँ हुनुहुन्छ हामीलाई हाम्रा सबै गतिविधिहरू हरपल नियालेर हेरिरहनुभएको छ जस्तो लागिरहेछ।हजुरको बैकुण्ठमा बास रहोस् हजुरको आत्माले सधैं शान्ति पाओस्। हजुरले दिएको ज्ञान, संस्कार, अर्ति उपदेश जीवनमा कहिले बिर्सिने छैनौं। हजुरले हामीलाई छोडेर गए पनि हजुरको आशीर्वाद सधैंभरि पाइरहौँ हजुरबुवा। आशीर्वाद सधैँ पाइरहौँ हजुरबुवा!!

Comments
Post a Comment