प्रकृति




जब छाउँछ बिहानी घामको पहिलो किरण
नाच्ने गर्छ मयूर अनि उफ्रन थाल्छ हिरण ।
झरना नदी नाला अनि त्यो नीलो गगन
प्रकृतिको सौन्दर्यले हुन्छ मन मगन ।।

सुसाउँदै बग्ने खोली छन् पवित्र र निश्चल
उस्तै छन् हिमाल पनि अग्ला अनि अटल ।
जुन बिहानीको मिर्मिरेमा हुन्छ सुन जस्तै
अँध्यारोमा हेर्दा यो त हुन्छ चाँदी जस्तै ।।

सगरमाथा शिरको टोपी लालीगुराँस माला
जता हेरे पनि छाएको छ प्रकृतिकै मोहजाल ।
प्रकृतिको रूप नै राम्रो सधै हेरु हेरू लागि रहने 
निश्चल बग्ने त्यो खोली सँग मनको पाप सबै बहने ।।

तराईमा पहेलपुरे तोरी अनि लालीगुरँस हिमालमा
प्रकृति नीहर्न घुमफिर गर्छन् हाम्रै देश नेपालमा ।
फूलबारी र वनजङ्गल चारैतिर हराभरा
प्राकृतिक विविधताले बचाएको छ सारा वसुन्धरा ।।

भूपरिवेष्ठित भएपनि जलस्रोतको दोस्रो धनी
कुहु कुहु कोइली गाउँदा मनै प्रफुल्ल हुनी ।
मनाङमा तिलिचो त मुगुमा छ रारा
घुम्न आउँछन् मेरो देशमा संसारका सारा ।।

 ©रश्मी गाैतम
पोखरा ३०

Comments