स्थानीय पाठ्यक्रम सिकाई सहजीकरण पुस्तिका (६-८)विमोचन कार्यक्रम सम्पन्न।

आज मिति २०८१, बैशाख १४ गते शुक्रबारको दिन ,पोखरा महानगरपालिका वडा नं २७ तालचोक स्थित यस न्याब्स कम्प्युटर सेवाको सहजकर्ता र सिङ्गो लेखनाथ भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, लेखक तथा सम्पादकहरूको साझा सहकार्यमा तयार गरिएको स्थानीय पाठ्यक्रम सिकाई सहजीकरण पुस्तिका कक्षा ६-८ पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत श्री बद्रिनाथ सुवेदि ज्युको प्रमुख आतिथ्यता, जनप्रकाश माविका प्रधानाध्यापक श्री शेखरनाथ शर्मा ज्युको सभाध्यक्षतामा लेखनाथ भित्रका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरूको उपस्थितिमा  जनप्रकाश मा वि को सभाहलमा कक्षा ६-८ को सिकाइ सहजीकरण पुस्तिका विमोचन कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा आयोजक संस्थाको संस्थापकको तर्फबाट श्री सुवास ढकालले आफ्नो स्वागत मन्तव्य राख्दै यस सहजीकरण पुस्तिका निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याइ यहाँसम्म आई पुग्नमा साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण मनहरूलाई हृदयबाटै धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै हौसला र सहयोगले सहजीकरण पुस्तिकालाई अत्यन्तै सरल, सहज र परिवेश अनुरूप लैजाने बताउनु भयो । त्यसरी नै स्थानिय पाठ्यक्रम सिकाइ सहजीकरण पुस्तिकाले वर्तमान समयमा महानगरभित्रका विद्यालय र विद्यार्थीहरूले भोग्दै आएको असहजतालाई निर्मुल पार्दै अध्ययन अध्यापनलाई थप सहजता र सरलता प्रदान गर्ने प्रमुख अतिथि श्री बद्रिनाथ सुवेदि ज्युले बताउनुभयो । यति मात्र नभई न्याब्स कम्प्युटर सेवाको संयोजकत्वमा लेखनाथको टिमले निर्माण गरेको सहजिकरण पुस्तिकाले महानगरपालिकाले गर्नुपर्ने कार्य गरेकोमा प्रसन्न हुँदै धन्यवाद टक्र्याउनुभयो । साथै स्थानिय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो मौलिकता, परिवेशसँग जोड्दै लैजाने र यसलाई विस्तारै प्रविधिसँग जोडेर लैजानुपर्ने कुरामा प्रमुख अतिथि ज्यूले विशेष जोड दिनुभयो । त्यसै गरी कार्यक्रमका सभापति श्री जनप्रकाश मा वि का प्रधानाध्यापक साथै स्थानिय पाठ्यक्रम सिकाइ सहजीकरण पुस्तिका निर्माण समितिका सल्लाहकार श्री शेखरनाथ शर्मा ज्यूले सहजिकरण पुस्तिकाबाट शिक्षक विद्यार्थी र अभिभावकलाई समेत अध्ययन अध्यापनमा सहज बनाएको र आएका सकारात्मक सुझाव र पृष्ठपोषणलाई आगामि संकरणमा सुधार गर्दै लैजाने कुरा बताउनु भयो । त्यसरी नै स्थानिय पाठ्यक्रम सिकाइ सहजिकरण पुस्तिका निर्माण समितिका सल्लाहकार सदस्य श्री भवानी कालिका मा वि का प्रधानाध्यापक श्री रमेश भट्टराई ज्यूले सहजिकरण पुस्तिकाबाट सम्पूर्णलाई राहत मिलेको र गुणस्तरीय शिक्षा आजको आवश्यक भन्ने नारालाई सफल बनाउन भूमिका खेलेको र यस सहजिकरण पुस्तिकामा आई परेका देखा परेका त्रुटिहरूलाई सच्याइएको र सच्याउँदै जाने कुरा बताउदै यस सहजिकरण पुस्तिकाको पूर्ण सफलताको कामना गर्नु भयो । त्यसरी नै उपस्थित शिक्षक एवम् प्रधानाध्यापकहरूका तर्फबाट श्री अमरसिद्व नमुना मा.विका शिक्षक श्री रमेश सुवेदी ज्युले खुसि व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । यस कार्यक्रमको सञ्चालन श्री प्रकाश लामिछाने  गर्नुभएको थियो । यसरी स्थानिय पाठ्यक्रम सिकाई सहजिकरण पुस्तिका कक्षा ६-८ को विमोचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।


Comments